हाम्रो बारे - थारु आयोग

हाम्रो बारे

नेपालको संविधानको भाग २७ धारा २६३ मा थारु आयोगको व्यवस्था छ । 

थारु आयोगका अध्यक्ष तथा सदस्यको योग्यता, पद रिक्त हुने अवस्था, पारिश्रमिक र सेवाका शर्तहरू र आयोगको काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्नका लागि व्यवस्थापिका संसदले थारु आयोग ऐन, २०७४ बनाई लागू गरेकोछ । ऐनको प्रस्तावनामा थारु समुदायको इतिहास र संस्कृतिको पहिचान, हक, हितको संरक्षण र सम्वद्र्धन तथा थारु समुदायको सशक्तीकरण गर्नका लागि ऐन बनाइएको उल्लेख छ । 

थारु आयोग एक संवैधानिक आयोग हो जसले मूलतः थारु सम्वद्ध नीति निर्माणका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने तथा सुझाव दिने, सरकारद्वारा संचालित नीति तथा कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने र समुदायको सशक्तीकरणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गर्दछ । 


मिशन दृष्टि ---

हामी के गर्छौ

थारू आयोगको दूरदृष्टि, ध्येय, लक्ष्य र उद्देश्य तथा मूल्य र मान्यताः